मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साबा महिला बास्केटबलः श्रीलंका विजेता, नेपाल दोस्रो




१३ असोज, काठमाडौं ।श्रीलंकाले साबा महिला बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ । मालेमा बुधबार राति माल्दिभ्सलाई हराएर श्रीलंकाले उपाधि जितेको हो । श्रीलंकाले उपाधि जित्दा नेपाल च्याम्पियनसिपमा फेरि उपविजेता बनेको हो ।

माल्दिभ्समा सम्पन्न प्रतियोगितामा श्रीलंकाले माल्दिभ्सलाई ७२–५९ ले हराएर च्याम्पियन बन्यो ।माल्दिभ्सलाई हराएसँगै शीर्ष स्थानमा रहेर श्रीलंका च्याम्पियन बनेको हो । योसँगै नेपाल दोस्रो पटक उप विजेता बनेको हो । अघिल्लो संस्करण समेत श्रीलंकाले उपाधि जितेको थियो भने नेपाल उपविजेता बनेको थियो ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो । जुन हारले नेपाललाई उपाधिबाट बन्चित गरायो । माल्दिभ्ससँग पराजित भएपनि नेपालले मंगलबार श्रीलंकालाई ५५–४९ ले हराएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १२ : ०५ बजे