मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री देउवा विरोधी काँग्रेस नेताहरुको चियापान कार्यक्रम



१३ असोज, काठमाडौं । नेपाली कांग्रेसको डा.शेखर समूहले आज राजधानीमा चियापान कार्यक्रम गरेको छ। चियापान बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजना गरिएको छ। कार्यक्रममा नेता कोइरालासँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायत केन्द्रीय सदस्य एवम् जिल्ला सभापतिहरुको उपस्थिति छ।

चियापानसँगै नेताहरुले आफ्नो समूहको आगामी रणनीतिबारे छलफल गर्न लागेका छन्। काँग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीप्रति उक्त समूहले चर्को असन्तुष्टि जनाएको छ। प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले उक्त सूची संशोधन गर्न सकिने जानकारी दिइसकेका छन्।

पार्टी केन्द्रीय कार्यालयमा धर्ना समेत दिँदै आएको डा.कोइराला समूहले आफूहरूले सम्मानजक कोटा नपाए पार्टीभित्र विद्रोह गर्ने चेतावनी यसअघि नै दिएको छ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १२ : १२ बजे