मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६० किलो गाँजा बरामद



१३ असोज, काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिका-१ ढाँटटोला नजिकैबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी अमृतगंज खजानीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा ३ र ४ जना व्यक्तिले ३ वटा बोरामा लगिरहेका गाँजाका पोकाहरू फालेर फरार भएका थिए । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १२ : १६ बजे