मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं–१ बाट निर्वाचन लड्दै रवीन्द्र मिश्र, भोलि घोषणा गर्ने




१३ असोज, काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं-१ बाट निर्वाचन लड्ने भएका छन् । शुक्रबार एक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गर्ने मिश्रले जानकारी दिए ।

काठमाडौं-१ मा एमालेको समर्थनमा राप्रपाबाट उम्मेदवारी दिने मिश्रको तयारी छ । यो विषयमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राप्रपा प्रवेश गर्नु अगाडि नै छलफल गरेका थिए ।

मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् -शुक्रबार, शुभ घडीमा, पत्रकार सम्मेलन सहितको उम्मेदवारी घोषणा कार्यक्रम आयोजना गर्दैछौँ। मैले पूर्व जानकारी गराए अनुसार म निर्वाचन लड्ने क्षेत्रका मतदातालाई शुभेच्छुकहरूको सौजन्यबाट सक्नेलाई सानो योगदान सहित नसक्नेलाई निस्शुल्क, मेरो नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ उपहार स्वरूप प्रदान गरिन छ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १२ : ५२ बजे