मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोठाटार हत्याकाण्डः वीरगञ्जबाट गरिएको थियो हतियारको व्यवस्थापन




१४ असोज, काठमाडौं । मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्यामा वीरगञ्जबाट हतियार व्यवस्थापन गरिएको खुलेको छ । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा तीन जनालाई पक्राउ गरेपछि सो खुलासा भएको हो ।

पक्राउ परेकामध्ये २ पुरुष र एक महिला रहेका छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘तीन जनाले हतियारको व्यवस्थापनको जिम्मा लिएको देखिएको छ । उनीहरूले वीरगञ्जबाट हत्यामा प्रयोग भएको हतियार ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

गोठाटारमा असोज ३ मा लाल मोहम्मदलाई गोली हानेर हत्या गरिएको थियो । घटनाबारे अनुसन्धान गर्न एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  १२ : २६ बजे