मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजेश पायल राईको प्रश्न– कोही छ मलाई राष्ट्रघाती भन्ने ?


५ आश्विन २०७९, बुधबार  

2
Shares


५ असोज, काठमाडौं । गायक राजेश पायल राईले पछिल्लो समय विवादका कारण चर्चामा रहेको फिल्म ‘प्रेम गीत ३’ नेपाली र हिन्दी दुबैमा हेर्ने बताएका छन् । हिन्दी भाषा नेपालमा रिलिज गर्ने र नगर्ने भन्ने बिषयमा विवाद चर्चिरहेको समय उनले यो फिल्म दुबै भाषामा हेर्ने बताएका हुन् ।

उनले केही अगाडि चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले फिल्मको बिषयमा दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै यो विषयमा आफुलाई राष्ट्रघाती भन्ने कोही कोही छ भनेर प्रश्न गरेका छन् ।

उनले सामाजिक संजालमा फिल्मको पोष्टर समेत शेयर गर्दै लेखेका छन्, ‘ नेपालीमा त हेर्ने नै भए, हिन्दी भाषाको पनि हेर्छु, कोही छ मलाई राष्ट्रघाती भन्ने ? । उनले माया र सपोर्ट नेपाली फिल्म ‘प्रेम गीत ३’ समेत भनेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १ : ०३ बजे