मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अरुण काबेली पावरले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने



५ असोज, काठमाडौं । अरुण काबेली पावरले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिले सो बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव वार्षिक साधारणसभामा लाने निर्णय गरेको हो ।

कम्पनीको असोज ४ गते बसेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ छ ।

कम्पनी सञ्चालक समितिले गरेको निर्णय जलविद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १ : १७ बजे