मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा दुई जना मृत भेटिए



५ असोज, काठमान्डौँ । कैलालीका दुई ठाउँमा दुई जना मृत फेला परेका छन् । गोदावरी नगरपालिका–१२ को शान्तिनगर र धनगढी उपमहानगरपालिका–१ मा दुई जना मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डीएसपी) वेदप्रकाश जोशीले गोदावरी १२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएको जानकारी दिए ।

बडेला बुधबार बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको बताउदै जोशीले घटना शंकास्पद रहेको जनाए । बडेलाको टाउको र खुट्टामा चोट लागेकाले हत्या आशंकामा अनुसन्धान अघि बढाइएको जोशीले बताए । उनकाअनुसार अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ । अहिले मृतकको शव परीक्षणका लागि घटनास्थलबाट अस्पतालतर्फ ल्याइरहेको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका १ को कैलाली कारागार कैलाली पछाडि कञ्चनपुरको कृष्णनगरपालिका ८ का ७४ वर्षीय धनसिंह जेठारा मृत भेटिएका हुन् । जोशीकाअनुसार छोरीको घर आएका उनी मंगलबार साँझ बाहिर निस्किएका थिए । अबेरसम्म नफर्किएपछि खोजी गर्दै जादा बुधबार बिहान मृत भेटिएको जोशीले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १ : ३९ बजे