मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिको कदमका विरुद्ध निर्णय गर्न संयूक्त विद्यार्थी संगठनको बैठक




५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध निर्णय गर्न सत्ता गठबन्धनका विद्यार्थी संगठनको बैठक जारी छ ।

नेपाल विद्यार्थी संघको कार्यालय पुतली सडकमा सत्ता गठबन्धनका विद्यार्थी नेताहरु बैठकमा सहभागी भएका छन् ।राष्ट्रपति भण्डारीले दुबै सदनबाट पारित नागरिकता विधेयक स्वीकृत नगरेपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न बैठकमा सहभागी भएका हुन् ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राष्ट्रपति कदमविरुद्ध बेलुका ५ बजे देशव्यापी पुत्ला दहन गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १ : ५७ बजे