मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बार्सिलोना नाफामा




५ असोज, काठमाडौं ।
कोरोना महामारीका कारण घाटामा रहेको बार्सिलोना पछिल्लो सयमा नाफामा गएको छ । स्पेनिस क्लब बार्सिलोनाले गत आर्थिक वर्षमा ८६ मिलियन पाउण्ड नाफा गरेको बीबीसीले जनाएको छ ।

बार्सिलोनाले नयाँ आर्थिक वर्षमा २४९ मिलियन पाउण्ड नाफा गर्ने अपेक्षा राखिएको जनाएको छ ।बार्सिलोनाले २०२१र२२ को आर्थिक वर्ष ८९० मिलियन पाउन्डको कारोबार भएको जनाएको छ ।

बार्सिलोना घाटामा गएको समयमा क्लबका स्टार खेलाडी लियोनल मेस्सीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा बेचेको थियो । तर, बार्सिलोनाले त्यसको साटो एक वर्षपछि पोलिस खेलाडी रोबर्टो लेवान्डोस्सीलाई भित्राएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  २ : ०१ बजे