मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार डेंगु नियन्त्रण गर्नबाट चुकेको एमालेको आरोप



५ असोज ,काठमान्डौँ । नेकपा एमालेले सरकार डेंगु प्रकोपको फैलावट, नियन्त्रण र उपचार गर्नबाट चुकेको आरोप लगाएको छ । पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले प्रेस विज्ञप्ति जारी गरी डेंगु नियन्त्रणका लागि सरकारसँग योजना, कार्यक्रम र सक्रियता नभएको समेत आरोप लगाएको हो ।

विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा हाल देशव्यापी रुपमा फैलिएको डेंगु रोगको कारण उत्पन्न स्वास्थ्य प्रकोपका सम्बन्धमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । भट्टराईले डेंगु रोगको मुल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन गर्न, विरामीको पहिचान र परीक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न आग्रह गरेका छन् ।

गएको साउनदेखि देखापरेको डेंगु रोगबाट पछिल्लो तथ्यांकअनुसार १७ हजार ५९४ जना प्रभावित भएका छन् । डेङ्गुबाट मृत्यु हुनेको संख्या २१ पुुगेको छ भने देशका ७५ जिल्लामा यो रोगका लक्षण फैलिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  २ : ४० बजे