मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनेरास्ववियु क्रान्तिकारीद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन




५ असोज, काठमाडौं । अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ। नागरिकता विधेयक हस्ताक्षर नगरेको विरोधमा बानेश्वर क्याम्पस अगाडि पुत्ला जलाएको हो ।

संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि सभामुखले पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरिनन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको मंगलबार १५ दिन पुगे पनि उनले प्रमाणीकरण नगरेकी हुन् । गत २० भदौमा नागरिकता विधेयक शीतल निवास पठाइएको थियो ।

सो अघि राष्ट्रपति भण्डारीले केही विषयमा सच्याउनुपर्ने सन्देशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । तर, प्रतिनिधिसभा र राष्ट्रिय सभाले भने एक अक्षर पनि संशोधन नगरी विधेयक हुबहु पारित गरी फेरि पठाएपछि राष्ट्रपति असन्तुष्ट थिइन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ४ : ५३ बजे