मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीमा प्रेम आले, कांग्रेसका बलायर कैलाली ४ मा उठ्न तयार



५ असोज, काठमाडौं । कांग्रेस नेता वीरबहादुर बलायर डोटी एकीकृत समाजवादीलाई छोड्न तयार भएका छन् ।२०७४ मा बामगठबन्धनबाट प्रेम आलेले डोटीमा निर्वाचन जितेका थिए । आले हाल एकीकृत समाजवादीमा छन् । अघिल्लो स्थानमा आधारमा आलेले डोटीमा दाबी गर्दै आएका थिए ।

स्थानीय तहको मतमा कांग्रेस पहिलो दल हुनुको साथै गठबन्धनका अन्य उम्मेदवारलाई जिताउन नसकिने बलायरले बताउँदै आएका थिए । यसअघि आलेलाई छोड्न नसकिने दाबी गर्दै आएका बलायर लचिलो बनेका छन् । गृह जिल्ला डोटी छोडेर बलायर कैलाली ४ मा गठबन्धनबाट उम्मेदवार बन्ने भएका छन् । कैलाली ४ मा उम्मेदवार बन्न लागेको बलायरले अनलाइनखबरसँग बताए ।

‘प्रधानमन्त्रीले कैलाली ४ की ५ भनेर सोध्नुभएको थियो । कैलाली ४ मा रोजें’, बलायरले भने । आफ्नो घर पनि रहेकालाई उक्त क्षेत्रमा उम्मेदवार बन्न लागेको उनले सुनाए । प्रधानमन्त्री पत्नि आरजु राणाको नाम कैलाली ५ बाट प्रत्यक्षतर्फ सिफारिस गरिए पनि उनी समानुपातिक उम्मेदवार बनेकी छन् । क्षेत्रीय समितिले केन्द्रीय सदस्य नैनसिंह महर सहित डा। लक्ष्मीराज पाठक, सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट र प्रदीपराज जोशीलाई प्रत्यक्षतर्फ सिफारिस गरेको थियो । गत निर्वाचनमा कैलाली ४ मा वामगठबन्धनबाट लेखराज भट्टले जितेका थिए । बलायर कांग्रेसका सुदूरपश्चिम सभापति समेत हुन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ५ : २८ बजे