मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केएफसीबाट मगाइन् खाना, प्याकेटभित्र भेटियो ७० हजार




५ असोज, काठमाडौं ।ऋणमा डुबेकी एक महिला त्यतिबेला चकित परिन् जसले उनले केएफसीको चिकन स्यान्डविचको प्याकेटबाट ५४३ डलर ९लगभग ७० हजार रुपैयाँ० भेटिन् ।​ जर्जियाको ज्याकसनकी ती महिला ग्राहक अफिसको लञ्च ब्रेकमा नजिकैको केएफसी गएर चिकन स्यान्डविच प्याक गरेर लिएर आएकी थिइन् ।

अफिस फर्केर खाजा खान लाग्दा हजुरआमा भइसकेकी ती महिला चकित परिन् किनभने उनले स्यान्डविच मुनी नोटको बन्डल देखिन् । आफू ऋणमा डुबेको भएपनि आफूले त्यो पैसा राख्न नमिल्ने उनलाई थाहा थियो त्यसैले उनले यसबारे प्रहरीलाई खबर गरिन् । उनले डब्ल्यूएसबी–टीभीसँगको कुराकानीमा भनिन्, ‘मैले पैसा गन्न सुरु गरेँ । ५५० डलरसम्म गनेपछि म रोकिएँ र उक्त पैसालाई खाममा हालेँ । त्यो खाम बन्द गरेँ र प्याकेटमा स्यान्डविचलाई जसरी राखिएको थियो त्यसरी नै राखेँ र छेउमा थन्काएर राखे । त्यसको केही बेरमा प्रहरी आइपुगे । ’

जसको कारको ट्याङ्की त्यतिबेला लगभग रित्तो थियो, ले ठट्टा गर्दै भनिन्, ‘मलाई एकपटक त सपिङ जाउँ जाउँ जस्तै भइसकेको थियो ।’ ‘तर दिमागले भन्यो, तिमीले राम्रो काम गरेनौ भने यो तिम्रै तिर फिर्ता हुन्छ ।’ उनले भनिन्, ‘त्यो मेरो नै थिएन । मलाई किन त्यो राख्नुपर्यो । मैले त मेरो पैसा पछि कमाउन सकिहाल्छु नि ।’‘यसको दुई गुणा फिर्ता आउनेछ ।’ अनुसन्धानपछि प्रहरीले के पत्ता लगायो भने उक्त रकम केएफसीको दैनिक डिपोजिट थियो जुन जोओनीको ब्यागमा गल्तीले परेको थियो ।

प्रहरीले फेसबुक पेजमा भनेको छ, ‘मिसेस ओलिभरले उत्कृष्ट काम त गरेकी नै हुन् तर उनले म्यानेजरको जागिर पनि जोगाइदिइन् ।’‘मिसेस ओलिभर, हाम्रो देशमा तपाईंजस्तो उत्कृष्ट नागरिकसमेत हुनुहुन्छ भनेर याद दिलाइदिएकोमा धन्यवाद । तपाईंहरुजस्तै व्यक्तिका कारण हामी महान छौँ,’ प्रहरीले भनेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ५ : २८ बजे