मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुसलाई हतियार बेचेको अमेरिकी दाबीलाई उत्तर कोरियाद्वारा अस्वीकार




काठमाडौं । उत्तर कोरियाले रुसलाई हतियार बेचेको अमेरिकी दाबीलाई अस्वीकार गरेको छ । उत्तर कोरियाले रुसलाई हतियार बिक्री नगरेको र त्यस्तो गर्ने योजना नरहेको बताएको छ । अमेरिकी अधिकारीहरूले यसअघि रुसले रकेट र आर्टिलरी गोलाहरू किन्न उत्तर कोरियातर्फ जान सक्ने बताएका थिए ।

त्यसबेला रुसले पनि त्यस्ता समाचारको खण्डन गरेको थियो । दुई देशबीचको हतियारको कारोबार संयुक्त राष्ट्र संघको प्रतिबन्धको उल्लङ्घन हुनेछ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले उत्तर कोरियाको रक्षा मन्त्रालयका एक जना अज्ञात अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘हामीले रुसलाई कहिले पनि हतियार वा गोला बारुद बेचेका छैनौं र बेच्ने योजना पनि छैन ।’

उत्तर कोरियाले अमेरिकालगायत अन्य ‘विपक्षी शक्तिहरू’ माथि ‘आफ्नो मुख्य राजनीतिक र सैन्य लक्ष्यहरू पछ्याउन’ का लागि अफवाह फैलाएको आरोप लगाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ४ : ४२ बजे