मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्घटनामा परेका सञ्चारकर्मी मण्डलको निधन



६ असोज, काठमान्डौँ । दुर्घटनामा घाइते भएका रौतहटका सञ्चारकर्मी रवीन्द्र मण्डलको उपचारका क्रममा मृत्यु भएको छ ।दुर्गाभगवती गाउँपालिका–३ निवासी सञ्चारकर्मी मण्डल काठमाडौंबाट गौर फर्किने क्रममा उनी चढेको बस ३१ साउनमा दुर्घटनामा परेको थियो । माधवनारायण नगरपालिकाका कर्मचारीसमेत रहेका उनी नगरपालिकामा भारतीय दूतावासको सहयोगमा आएको एम्बुलेन्स बुझेर फर्किँदै थिए ।

काठमाडौंबाट गौरका लागि छुटेको माँ कल्याणी रात्रि बस दुर्घटना हुदा घाइते भएका मण्डलको ढाडको शल्यक्रिया गरिएको थियो र उनी ओछ्यानबाट उठन नसक्ने अवस्थामा पुगेका थिए । दुर्घटनापछि नेपाल र भारतका विभिन्न अस्पतालहरुमा उपचार गराएका मण्डल आर्थिक अभावका कारण निको हुन सकेका थिएनन् ।

नेशनल मेडिकल कलेज वीरगंजमा उपचार सम्भव नभए पछि घर फर्किएका मण्डल तीन दिन देखी गौर अस्पतालमा रहेका थिए । उनको बुधबार राति निधन भएको हो । मण्डलका एक श्रीमती दुई छोरा र तीन छोरी रहेकी छिन् । सञ्चारकर्मी मण्डल नेपाल पत्रकार महासंघको दोस्रो जिल्ला अधिवेशनबाट सचिव पदमा निर्वाचित भएका थिए । विभिन्न पत्रिकाका साथै उनी लामो समय गौरमा सञ्चालनमा रहेको राजदेवी एफएमको समाचार सम्पादकको जिम्मेवारीमा समेत रहेका थिए । उनको बिहीबार बिहान मत्सरीको बाग्मती किनारमा दाहसंस्कार गरिएको छ । सञ्चारकर्मी मण्डलको मृत्युप्रति नेपाल पत्रकार महासंघ रौतहट शाखाले शोक विज्ञप्ति जारी गरेको छ भने माधवनारायण नगरपालिकाले शोकमा एक दिन बिदा दिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ४ : ५९ बजे