मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार अधिकारी र भट्टमाथि कुटपिट




६ काठमाडौं । समाचार संकलनका क्रममा दुई पत्रकारमाथि कुटपिट भएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । अनलाइनपाना डटकमका पत्रकार नारायणप्रसाद अधिकारी र शालिक भट्टमाथि बुधबार सर्लाहीको बागमती नगरपालिकाबाट समाचार संकलन गरी फर्कने क्रममा कुटपिट गरेको महासंघको विज्ञप्तिमा उल्लेख छ ।

पूर्व–पश्चिम राजमार्गमा सवारी छेकेर पत्रकारद्वयमाथि ४–५ जनाको समूहमा आएका व्यक्तिहरूबाट निर्घात कुटपिट भएको महासंघले जनाएको छ । स्वतन्त्रपूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको कुटपिटको यो घटना निन्दनीय र प्रेस विरोधी हर्कत भएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।

महासंघ घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्षसँग महासंघले माग गरेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ५ : ३० बजे