मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोकुल बास्कोटाद्वारा राष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्कन सुझाव




७ असोज, काठमाडौं
। नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा फर्कन सुझाव दिएका छन् ।

पूर्वसञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले पूर्व राष्ट्रपतिले राजनीति गर्नु हुदैन भन्ने कुनै कानुनी ब्यवस्था नभएको भन्दै राजनीतिबाट उनीहरु राष्ट्रपति बन्ने गरेको बताएका छन् ।

‘एकमात्र पूर्व राष्ट्रपतिले पुर्व मान्यता अनुरुपको राजनीति गरेकै छन्’बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो सिधा मत छ–वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो ।’

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ११ : ३९ बजे