मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि मौसम बदली, देशका विभिन्न ठाउँमा भारी वर्षा



७ असोज, काठमाडौं ।आज पनि मौसम बदली भएको छ । मौसम आंशिकदेखि सामान्य बदली भएकोले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज केही ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ११ : ५५ बजे