मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निफ्राले ४.२१ प्रतिशत लाभांश दिने



७ असोज, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ४.२१ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा संचित नाफाबाट सो बराबरको नगद लाभांश दिने भएको हो ।

बैंक संचालक समिति बैठकले सेयरधनीलाई सो बराबरको नगद लाभांश दिने निर्णय गरेको छ ।

संचालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत र निफ्राको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ । निफ्राले दिन लागेको यो नगद लाभांशबाट नै कर काटिनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ११ : ५१ बजे