मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाडीले किचेर १७ महिने शिशुको मृत्यु



७ असोज, काठमाडौं । भक्तपुरको लोकन्थलीमा गाडीको किचेर १७ महिने शिशुको मृत्यु भएको छ । शुक्रबार बिहान भक्तपुरको मध्यपुर ठिमी–१ लोकन्थलीका केशवलाल श्रेष्ठका १७ महिनाका छोरा सलिन खेल्दा खेल्दै पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नम्बरको गाडीमुनि छिरेका थिए ।

पानी झारेर गाडी अगाडि बढाउने क्रममा किचेर घाइते भएका उनको समिट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सवारी चालक सिन्धुपाल्चोक मेलम्ची–३ घर भई मुलपानी बस्ने २३ वर्षीय आकाश भुजेललाई प्रहरी वृत्त ठिमीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १२ : ०५ बजे