मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाँस्यकलाकार बुद्धि तामाङले कसे लगनगाँठो



काठमाडौं । हाँस्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग लगनगाँठो कसेका हुन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई विवाहमा परिणत गरेका हुन् । टेलिफल्म, फिल्ममा ‘हैट’ भन्ने थेगोले चर्चित भएका बुद्धि तामाङ पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त छन् ।

बुद्धि तामाङले विवाहमा आफन्तले केही चर्चित कलाकारलाई निम्तो दिएका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १२ : ३३ बजे