मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरको धोविघाटबाट गायिका जेरुषा राई बेपत्ता




काठमाडौं । ललितपुरको धोविघाटबाट गायिका जेरुषा राई बेपत्ता भएकी छन् । बिहीबार साँझ ७ बजेतिर उनी घरबाट हिँडेको र त्यसपछि सम्पर्कमा नआएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिर राज शाहीले बताए ।

जेरुसा राई युट्युबबाट चर्चित भएकी हुन् । युवापुस्तामा लोकप्रिय ३० वर्षीया राईले लेखेको ‘नोट’ फेला परेको छ ।

नोटमा उनले लेखेकी छिन्–‘कसैलाई पनि दोष दिन्न, मेरो जीवनको दोषी म आफैँ हुँ ।’ उनी बेलायत बसेर फर्केकी थिइन् । उनको खोजी भइरहेको एसपी शाहीले जानकारी दिए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  २ : ३८ बजे