मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सपनामा श्रीमतीको पर पुरुषसँग सम्बन्ध देखे, उठेर चक्कुले घाँटीमा हाने




एजेन्सी। एक व्यक्तिले सपनामा आफ्नी श्रीमतीको पर पुरुषसँग सम्बन्ध भएको देखे । सपनामा देखेको कुराले उनलाई बिपनामा यति रिस उठायो कि उनले श्रीमतीलाई चक्कुले हमला गरे । ती व्यक्तिले श्रीमतीको गर्धन र हातमा थुप्रै पटक हमला गरेर उनलाई घाइते बनाए र फरार भए ।

घाइते अवस्थामा नै श्रीमतीलाई अस्पताल लगियो जहाँ उनको उपचारपछि ज्यान भने बचेको छ । ९ अगस्टमा भएको घटनापछि फरार रहेका आरोपी श्रीमानलाई अहिले पक्राउ गरिएको छ । करिब पाँच हप्तापछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

द मिररको खबर अनुसारघटना ब्राजिलको प्लेनाल्टिनाको हो । यहाँ ३७ वर्षका एक व्यक्तिमाथि सपनामा देखेको कुरालाई वास्तविक ठानेर हमला गरेको आरोप लागेको छ । श्रीमतीको गर्धन र हातमा गम्भीर चोट लागेको छ ।

यी दुईको १३ वर्ष अघि विवाह भएको थियो । उनीहरुका चार सन्तान छन् ।

सपना देखे र श्रीमतीमाथि हमला गरे

रिपोर्टका अनुसार घटना भएको दिन यो जोडीको मध्य रातमा झगडा परेको थियो किनभने श्रीमानले उनकी श्रीमतीको अन्य व्यक्तिसँग अफेयर चलिरहेको भनेर सपना देखेका थिए । उनी निद्राबाट ब्युँझिए र सपनामा देखेको कुरा निकालेर श्रीमतीसँग बहस गर्न थाले । तर पीडितले त्यस्तो केही नभएको र यो उनको भ्रम मात्रै भएको भनेर श्रीमानलाई सम्झाइन् ।

त्यसपछि उनी सुत्न गइन् । आरोपीले उक्त सपनाबारे बारम्बार सोचेको र यसैकारण उनलाई रिस उठेको बताइन्छ । उनले त्यसपछि चक्कु उठाए र त्यो श्रीमतीमाथि प्रहार गरेको स्थानीय मिडियाले बताएको छ ।उनले श्रीमतीको घाँटी, कोलारबोन र हातमा बारम्बार चक्कुमार्फत् हमला गरेको बताइन्छ ।

पीडित कसैगरी थप आक्रमणबाट उम्किन सकिन् । उनलाई तुरुन्तै स्थानीय अस्पताल लगियो । तसर्थ उनको ज्यान बच्न सक्यो । प्रहरीका अनुसार आरोपीले आफ्नो अपराध स्वीकार गरिसकेका छन् । उनको एक आपराधिक रेकर्ड पनि छ । उनीविरुद्ध श्रीमतीको हत्याको प्रयासको आरोप लगाइएको छ । यसबारे अनुसन्धान जारी छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ३ : १८ बजे