मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बानेश्वर प्लाजामा भूमिगत पार्किङ खुल्यो



७ असोज, काठमाडौं । बानेश्वर प्लाजामा भूमिगत पार्किङ सुरु भएको छ । यसअघि विभिन्न पसल व्यवसाय चलिरहेको ठाउँमा पार्किङ सुरु भएको हो ।

शुक्रबार एक कार्यक्रमका बीच प्लाजामा सञ्चालनमा आएको भूमिगत पार्किङको औपचारिक उद्घाटन भएको नयाँ बानेश्वर व्यापार व्यवसायी संघले जनाएके छ । संघका अध्यक्ष नवीन लुइँटेलका अनुसार सबै भूसमगत पार्किङहरु सञ्चालनमा आएपछि बानेश्वर चोकमा हाल भइरहेको अव्यवस्थित पार्किङको ८० प्रतिशत समाधान हुने अनुमान गरिएको छ ।

‘यहाँबाट काठमाडौंको भूमिगत पार्किङ खोल्ने कामको सुरुवात भएको थियो,’ उनले भने, ‘सबै भूमिगत पार्किङहरु तोएिको प्रयोजनमै आए भने बानेश्वरको अव्यवस्थित पार्किङको समस्या धेरै हदसम्म समाधान हुन्छ ।’

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ३ : ४१ बजे