मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्पेन स्तब्ध बन्दा पोर्चुगलको सानदार जित




९ असोज, काठमाडौं ।
युइएफए नेसन्स लिग अन्तर्गत ए ग्रुप २ को खेलमा स्पेन स्तब्ध बन्दा पोर्चुगलले सानदार जित निकालेको छ । स्वीट्जरल्यान्डले स्पेनलाई २–१ ले पराजित गर्‍यो । स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे । स्पेनका जोर्डी अल्वाले एक गोल ।

जितसँगै स्वीट्जरल्यान्ड ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित स्पेन ८ अंक जोडेर दोस्रो स्थानमा छ । अर्को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४–० ले पराजित गर्‍यो ।

पोर्चुगलको सानदार जितमा डिएगो डालोटले दुई गोल गरे । यस्तै, ब्रुनो फर्नान्डेस र डिएगो जोटाले एक एक गोल गरे । पोर्चुगल १० अंक जोडेर शीर्षस्थानमा छ । चेक रिपब्लिक ४ अंक जोडेर पुछारमा छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १२ : २० बजे