मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले अखिलद्वारा राष्ट्रपतिको पक्षमा प्रदर्शन



५ असोज, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा प्रदर्शन गरेको छ । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा जम्मा भएका अनेरास्ववियुका कार्यकर्ताले नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेर ठिक गरेको भन्दै राष्ट्रपतिको पक्षमा प्रदर्शन गरेका हुन् ।

त्यसक्रममा उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेका छन् । उनीहरुले ‘राष्ट्रपतिको कदमलाई सम्मान गरौ, नागरिकता बेच्न पाइदैन, विदेशी दलाल होसियार’, जस्ता नारा लगाएका थिए ।

राष्ट्रपति विद्या भण्डारीले संविधानको प्रावधानविपरीत नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि त्यसको पक्ष र विपक्षमा बहस भइरहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ११ : ५७ बजे