मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धार्थ बैंकको ‘दशैंको बहार, क्यासब्याक उपहार’ योजना



९ असोज, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दशैंको अवसरमा ग्राहकलाई लक्षित गर्दै ‘दशैंको बहार, क्यासब्याक उपहार’ योजना ल्याएको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको उक्त अफर शनिवार (असोज ८ गते)देखि लागू भएको छ ।

यस योजना अन्तर्गत ग्राहकले असोज १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पीओएस अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत वा अधिकतम रू। २००० क्यासब्याक पाउन सक्ने बताइएको छ । उक्त योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल देशभर १९० ओटा शाखा (४ एक्स्टेन्सन काउन्टर सहित), ११८ शाखारहित इकाइ, १ हजार ७०० भन्दा बढी पीओएस मेशिन र २० हजार भन्दा बढी क्यूआर मर्चेन्टमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १२ : २५ बजे