मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युनाईटेड १३० मिलियन घाटामा



९ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडले गत सिजन १ सय ३० मिलियन युरो घाटा व्यहोरेको छ ।

युनाईटेडले सार्वजनिक गरेको वार्षिक वित्तीय तथ्यांकअनुसार १ सय ३० मिलियन युरो घाटा देखिएको हो ।
अघिल्लो वर्षको तुलनामा युनाईटेडको आम्दानी १५ प्रतिशतले बढेपनि क्लब घाटामा गएको हो ।

तथ्यांक अनुसार युनाईटेड ५ सय १४ मिलियन पाउण्ड ऋणमा रहेको छ । जुन २२ प्रतिशतले वृद्धि भएको हो ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १२ : २७ बजे