मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साबा महिला बास्केटबल स् नेपालले आज घरेलु टिम माल्दिभ्ससँग खेल्ने



९ असोज, काठमाडौं । साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल घरेलु टिम माल्दिभ्ससँग खेल्दैछ ।नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार राति सवा ८ बजे हुनेछ ।

सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाली टिम प्रतियोगितामा राम्रो नतिजा निकाल्ने योजनामा हुनेछ । ४ टिम सम्मिलित च्याम्पियनसिपमा नेपालले दोस्रो खेल श्रीलंका र तेस्रो तथा अन्तिम खेल भुटानसँग खेल्ने छ ।

प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स पुगिसकेको छ ।सदिना श्रेष्ठ(कप्तान), एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १२ : ३१ बजे