मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजीनामा माग्दै केयूकेएलका सीईओको कार्यकक्षमा तालाबन्दी



९ असोज, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलनकुमार शाक्यको कार्यकक्षमा तालाबन्दी भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड स्वतन्त्र कर्मचारी संघ र काठमाडौं उपत्यका खानेपानी लिमिटेड लोकतान्त्रिक कर्मचारी संघले सीईओ शाक्यको कार्यसम्पादन कमजोर भएको भन्दै राजीनामा माग्दै तालाबन्दी गरेका हुन् । तर, अन्य कर्मचारी संगठनले भने तालाबन्दीको विरोध सुरु गरेका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनले एक विज्ञप्ति नै जारी गरेर परिस्थितिको गम्भीरतालाई खानेपानी जस्तो अत्यावश्यकीय सेवा प्रवाह गरिरहेको कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा भएको तालाबन्दीप्रति असहमति जाहेर गरेको छ ।

तत्काल ताला खोलेर वार्ता सम्वादको विधि र प्रक्रियाबाट समस्याको समाधान खोज्न संगठनले माग गरेको छ । सरकार र राजनीतिक दलहरु आमनिर्वाचनको पूर्व तयारीमा होमिएको र दशैं नजिकै आएको अवस्थामा खानेपानी उत्पादन, प्रशोधन र वितरण गर्नु सबै ट्रेड युनियनकर्मी र कर्मचारीको कर्तव्य र जिम्मेवारी भन्दै भन्दै नेपाल सरकारले अत्यावश्यकीय वस्तु र सेवामा बन्द, हड्ताल, तालाबन्दी गर्न नपाउने भनी जारी गरेको आदेशपालना गर्दै आम उपभोक्ता वर्गलाई निर्वाध रुपमा खानेपानी सेवा प्रवाह गर्नु कम्पनीको घोषित लक्ष्य र उद्देश्य भएको संगठनले स्मरणा गराएको छ ।

‘मेलम्ची आयोजनाबाट दिगो रुपमा खानेपानी आपूर्ति हुन समय लाग्ने अवस्था देखिएको, २०७० सालदेखि खानेपानीको महशुल वृद्धि नभएको र तत्काल मुल्य समायोजन हुने अवस्था नरहेको, नेपाल सरकारले आव २०७९ साल श्रावण महिनादेखि वृद्धि गरेको कर्मचारीको तलव स्केलले थप दायित्व सिर्जना भएको र सरकारबाट सञ्चालन अनुदान प्राप्त नभएको अवस्था सबैमा अवगत नै छ,’ विज्ञप्तिमा भनिएको छ,’ आगामी दिनहरुमा कम्पनीले आर्थिक संकटको कारणले खानेपानी सेवा प्रवाह सहजरुपमा गर्न नसक्ने जटिल अवस्था आउने देखिन्छ । भविष्यमा आउने विषम परिस्थितिको आकलन गर्दै काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको प्रशासनिक, आर्थिक, प्राविधिक र व्यवस्थापकिय क्षेत्रमा आमूल सुधारको लागि अधिकत्तम प्रयास गर्ने वा संरचनागत परिवर्तनको लागि काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डबाटै उपत्यकाको समग्र खानेपानी तथा सरसफाई व्यवस्थापन गर्ने विकल्प रोज्ने ? काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी कल्याण परिषद र काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संघले पनि तालाबन्दीलाई समर्थन गरेका छैनन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १२ : ४३ बजे