मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु



९ असोज, काठमान्डौँ । दाङमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ निवासी ५९ वर्षका शालिकराम वली रहेका छन् । रा १ प ८६२३ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका वलीको गएराति (शनिबार) साढे ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

घाइते वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  २ : २७ बजे