मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनुषाबाट १९ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ



९ असोज, काठमान्डौँ। धनुषाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्लाको सुट्ठी गाउँ बस्ने ५० वर्षीय चन्द्रकान्त झा रहेका छन् ।

शरीरको विभिन्न भागमा लुकाएर सनइकल सवार भइ भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल जटहीका प्रहरी नायब उपरीक्षक निर्मल खडकाले जानकारी दिए ।

उनका अनुसार बरामद गरिएको १९।४१७ केजी चाँदीको मूल्य १९ लाख ६४ हजार ३ सय ४० नेपाली रुपैयाँ रहेको छ । बरामद चाँदीसहित पक्राउ परेका भारतीय नागरिकलाई आवश कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ४ : ३१ बजे