मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हनुमानढोकाको दसैँ घरमा राखियो जमरा



१० असोज, काठमाडौं । काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा एक विशेष समारोहका बीच सोमबार जमरा राखिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ ।

सोही परम्पराअनुसार हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजै वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु गरिएको हो । सोमबार समितिले दिएको साइतमा विधिपूर्वक घटस्थापना गरिएको हो । ​दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ ।

विसं २०७७ को महानवमीका दिन कोरोना महामारीका कारण महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगाको बलि दिइएन । हनुमानढोकाको दसैँ घरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मङ्गल धुन पनि गाइन्छ । यो क्रम विजयादशमीका दिनसम्म जारी रहन्छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १२ : ०८ बजे