मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फस्फोरस खानीमा भेटियो त्रिकोणी दाँत, दुर्लभ मेगालोडोनको भएको वैज्ञानिकको दाबी



काठमाडौं । अमेरिकाका एक अनुसन्धानकर्ताले सामाजिक सञ्जालमा पोस्ट भएको त्रिकोणीय दाँतको तस्बिर प्रागैतिहासिक युगको ठूलो सेतो सार्क मेगालोडोनको भएको बताएका छन् । उक्त दाँत भर्खरै फस्फोरस खानीमा फेला परेको थियो । रेडिट प्रयोगकर्ताले उक्त फोटो पोस्ट गरेका छन् ।

पोष्टमा बुसीविभर १८७ नामक प्रयोगकर्ताले अन्य प्रयोगकर्ताहरूलाई यसलाई पहिचान गर्न आग्रह गरेका छन् । पोस्ट सेयर गर्दै प्रयोगकर्ताले लेखेका छन्, “पहिचान गर्न मद्दत गर्नुहोस् ।“ धेरै रेडिट प्रयोगकर्ताहरूले आ—आफ्नै व्याख्या गरे । “सुन्दर जीवाश्म देखिन्छ र ठूलो सेतो दाँत हुनको लागि धेरै ठूलो छ । मलाई लाग्छ तपाईंले यहाँ मेगालोडन दाँत पाउनुभयो,“ एक प्रयोगकर्ताले लेखे ।

अर्का प्रयोगकर्ताले भने, ‘तपाईँले किन डाउनभोट गर्नुभयो भन्ने कुरा थाहा छैन, म एकदमै पक्का छु कि मेगालोडनको दाँत हो । साइजले मात्र मेगालोडनलाई औंल्याउँछ । म विशेषज्ञ त होइन, तर धेरै उत्साही छु’, अर्का प्रयोगकर्ताले लेखेका छन् । न्युजविकका अनुसार जीवाश्मविज्ञ तथा चार्ल्सटन फोसिल एडभेन्चर्सका मालिक एश्बी गेलले उक्त दाँत वास्तवमा मेगालोडनको हो । गेलका अनुसार उक्त जीवाश्म ३।६ देखि १५।९ मिलियन वर्ष पुरानो हुन सक्छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १२ : ५८ बजे