मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिको कदमपछि राजनीतिक माहोल तात्यो, सत्ता गठबन्धनको विज्ञप्ति जारी हुँदै




५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमपछि बुधबार प्रधानमन्त्री निवास,बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ। बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे गम्भीर विचारविमर्श भएको नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपतिको कदमबारे गठबन्धनको धारणा सार्वजनिक गर्न विज्ञप्ति ड्राफ्ट भइरहेको रातोपाटीलाई बताए । ‘राष्ट्रपतिको कदमका विषयमा गठबन्धनले विज्ञप्तिमार्फत धारणा स्पष्ट पार्दैछ । राष्ट्रपतिको कदमको संवैधानिक र कानुनी पाटाका विषयमा गठबन्धनले विज्ञप्तिमार्फत स्पष्ट पार्छ,’ उनले भने ।

गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा छलफल बैठक बोलाइए पनि राष्ट्रपतिकै कदमको विषयमा बैठक केन्द्रित भएको नेताहरुको भनाइ छ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले मंगलबार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भएपनि नगरेर संविधानको उलंघन गरेकी हुन् । राष्ट्रपतिको कदमपछि राजनीतिक माहोल तातेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १२ : ३० बजे