मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो




काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । गत साउन महिनामा पहिलोपटक डेंगु पुष्टि भएयता यो सात प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ ।

मन्त्रालयका अनुसार देशभर २५ हजार ५४३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी बागमती प्रदेशमा १९ हजार ९१० जना सङ्क्रमित भएका छन् भने लुम्बिनी प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ हजार ८८९ पुगेको छ । नेपालमा वि.सं. २०६१ मा पहिलोपटक डेंगुको सङ्क्रमण देखापरेको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  २ : ४२ बजे