मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विभिन्‍न कार्यक्रम गरी आज ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै




११ असोज, काठमाडौं । विभिन्‍न कार्यक्रम गरी आज ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । सोही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरी र पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन् ।

क्यानाडा, इजरायल, चीन र दिल्लीबाट आएका ५ पर्यटकलाई स्वागत गरिएको हो ।

यता ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी गरेको छ । काठमाडौंको त्रिदेवी मार्ग हुँदै क्षेत्रपार्टी, सोह्रखुट्टे लैनचौर हुँदै पुनः त्रिदेवीमार्गमा आएर समापन भएको हो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ११ : ५२ बजे