मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घटयो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?




११ असोज, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । महासंघले आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जानकारी दिएको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ९०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । हिजो तोलामा ११ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५० रुपैयाँ छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १२ : ०३ बजे