मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल र बंगलादेश भिड्दै



११ असोज, काठमाडौं । फिफा मैत्रीपूर्ण फुटबलमा आज (मंगलबार) नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

नेपाली टिमको कार्यवाहक प्रशिक्षण जिम्मा प्रदीप हुमागाँइले पाएका छन् । यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशविरुद्द जित निकाल्न खेल्ने बताएका छन् ।

गत ६ असारमा पंकजबिक्रम नेम्बाङ एन्फामा निर्वाचन भए यता नेपालले खेल्न लागेको पहिलो खेल हो ।

यस्तो छ हेड टु हेडः
नेपाल र बंगलादेशबीच पछिलो समय २४ खेल भएको छ ।जसमा बंगलादेश १२ खेलमा विजयी भएको छ । नेपालले ७ खेल जित्दा ५ खेल बराबरीमा टुंगिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १२ : १० बजे