मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवीन्द्र मिश्र भोलि राप्रपा प्रवेश गर्ने, वरिष्ठ उपाध्यक्ष पद पाउने




११ असोज, काठमाडौं ।
विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन्।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ‘राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहका बीच भोलि काठमाडौंमा घोषणासभा हुने’ जानकारी दिए । राप्रपाले मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन लागेको हो ।

उनले सोमबार बेलुकी पार्टीको साधारण सदस्यबाटसमेत राजीनामा दिएका थिए।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १२ : १५ बजे