मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दक्षिण कोरियाको भ्रमण गर्दै कमला ह्यारिस




काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले यस हप्ताको अन्त्यमा दक्षिण कोरियाको भ्रमणका क्रममा असैनिकृत क्षेत्रको भ्रमण गर्ने भएकी छिन् ।

हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा भाग लिन हाल टोकियोमा रहेकी उपराष्ट्रपति ह्यारिस बिहीबार असैनिकृत क्षेत्रमा जाने तालिका रहेको ह्वाइट हाउसले जनाएको छ ।

ह्यारिसको भ्रमणले उत्तर कोरिया अमेरिकासँग थप क्रुद्ध हुने अनुमान गरिएको छ । अगस्टमा निस्शस्त्र क्षेत्रमा भ्रमण गर्दा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीलाई ‘अन्तर्राष्ट्रिय शान्तिको सबैभन्दा खराब विनाशक’ भनी प्योङयाङले निन्दा गरेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १२ : ४५ बजे