मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा गठबन्धनले माओवादीलाई टिकट दिने तयारी गरेपछि काँग्रेसमा विरोध



११ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनले बैतडीमा माओवादी केन्द्रलाई प्रतिनिधिसभाको टिकट दिने तयारी गरेपछि बैतडी काँग्रेसमा असन्तुष्टि बढेको छ। यसैबीच, टिकट अरू दललाई भाग लाए गठबन्धन नगर्ने समेत बैतडी कांग्रेसले निर्णय गरेको छ।

सोमबार काठमाडौँमा जिल्ला सभापति चुतरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले गठबन्धनको नाममा बैतडी जिल्ला अन्य पार्टीको भागमा पारे त्यसको विरुद्धमा एकल उम्मेदवारी दर्ता गराउने निर्णय गरिएको हो । बैतडी काँग्रेसबाट सभापति चतुरबहादुर चन्द प्रवल दाबेर मानिएका छन्।

यदि गठबन्धनले माओवादीलाई टिकट दिए माओवादी नेता नरेन्द्र कुवर (विजय सुन्दर)ले टिकट पाउने सम्भावना बढी छ। उनी २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा विजयी भएका थिए। प्रतिनिधिसभा तर्फ एक मात्रै क्षेत्र रहेको सो जिल्लामा एमालेबाट दामोदर भण्डारी उम्मेदवार बन्ने निश्चित छ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  २ : ५१ बजे