मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्सेमा १५ अंकको वृद्धि,कारोबार भने ६६ करोडमा झर्‍यो




११ असोज, काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा १५ अंकको वृद्धि भएपनि कारोबारमा भने संकुचन आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२ अंकले बढेर १८३१.०५ अंकमा उक्लिएको बजारमा जम्मा ६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको हो । यस दिन कुल २१ लाख ७ हजार ७४२ कित्ता सेयर कारोबार भएको छ ।

होटल तथा पर्यटन र म्युचुअल फन्ड बाहेका ११ वटा उपसूचक धनात्मक भएका छन् । आज सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को सेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् भने गरिमा डिभेन्चरका लगानीकर्ताहरुले १० प्रतिशतले गुमाउन पुगेको छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ४ : ०१ बजे