मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक शुरु




५ असोज, काठमाडौं । नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक शुरु भएको छ । बुधबारबाट काठमाडौंमा दुई देशबीचका सहसचिवहरूको दुई दिने बैठक शुरु भएको हो ।

बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिंक नहरको ओडाल टाई, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिंचाईको पानी छोड्नेबारे, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण्डारण सह डाइभर्सन योजनाका बारेमा छलफल हुनेछ ।

त्यस्तै कोशी र गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरू, कोशी आयोजना, गण्डक आयोजना, विभिन्न द्विपक्षीय समितिका गतिविधिहरूका बारेमा छलफल हुनेछ । नेपालबाट भारत बहने अन्य नदीहरूको डुबान र कटानका समस्याहरू, खाँडो, बाणगंगा र पश्चिम राप्ती नदीहरूमा नयाँ उठाइएका कामहरूको स्थितिका बारेमा पनि छलफल हुने बताइएको छ । नेपालबाट भारततर्फको उडान, महाली सागरका कारण भएका समस्या, भुजेला गाउँको महाकाली नदीमा कटान र नेपाल–भारत सीमा क्षेत्रका मुद्दाहरूका बारेमा छलफल हुनेछ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १२ : ४४ बजे