मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साढे २५ हजारमा डेंगु संक्रमण पुष्टि, ३२ जनाको मृत्यु




११ असोज, काठमाडौं । नेपालमा साढे २५ हजार डेंगुको केस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको साउनदेखि हालसम्म देशभर २४ हजार ५ सय ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । जसमा संक्रमितमध्ये धेरै वागमती प्रदेशमा १९ हजार ९१० केस देखिएको छ ।

लुम्बिनीमा २ हजार ८ सय ८७, सुदूरपश्चिममा ८ सय ०४, प्रदेश १ मा ७ सय ७५, गण्डकीमा ५५६, मधेश प्रदेशमा ३ सय ८०, कर्णालमा २ सय ३१ जनामा संक्रमण देखिएको छ । त्यसैगरी डेंगु संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ४ : ०४ बजे