मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप ५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण




११ असोज, काठमाडौं । नेपालमा थप ५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ८२९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४२ तथा एन्टिजेन विधिबाट १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ७६ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १४४ पुगेको छ । नेपालमा कोरोना महामारीमा १२ हजार १७ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ४ : ११ बजे