मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज भोलिभित्रै पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँडको सहमति हुनेछः डा.महत




११ असोज, काठमाडौं ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले सत्ता गठबन्धनमा सिट बाँडफाँट आज भोलिभित्रै टुंगिने बताएका छन् ।

मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा. महतले भने, ‘आज भोलिभित्रै पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँडको सहमति हुनेछ । त्यसका लागि छलफल चलिरहेको छ ।’

उनले पार्टीभित्रका लोकप्रिय व्यक्तिलाई टिकट दिइने पनि बताए । राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको ठाडो उल्लंघन भएको भन्दै नागरिकता दिन थालियो भनेर भ्रम सिर्जना गरिएकाले भ्रममा नपर्न डा। महतको आग्रह छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ४ : २५ बजे