११ असोज, काठमाडौं । दशैं बिदामा पनि सर्वोच्च अदालतमा इजलास बस्ने भएको छ।
घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द हुने भए पनि बन्दी प्रत्यक्षीकरण तर्फको रिटमा भने सुनुवाइ नरोकिने भएको हो।
सर्वोच्चले आज सूचना जारी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने जानकारी गराएको हो । न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा उक्त रिटमाथि सुनुवाइ हुने सूचनामा उल्लेख छ।
प्रतिक्रिया