मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्राजिलका स्ट्राइकरमाथि रंगभेदी दुर्व्यवहार




१२ असोज, काठमाडौं ।
स्ट्राइकर रिचार्लिसनमाथि गरिएको रंगभेदी दुर्व्यवहारको ब्राजिलले भर्त्सना गरेको छ । टुनिसियाविरुद्धको खेलमा रिचार्लिसनलाई केरा साथै अन्य वस्तु पनि फालिएको थियो ।

५(१ को जीत निकाल्ने क्रममा ब्राजिलका लागि दोस्रो गोल गरेर टोटनहमका खेलाडीले खुसीयाली मनाउने क्रममा यो घटना भएको थियो । एक विज्ञप्ति निकाल्दै ब्राजिलियन फुटबल कन्फेडेरेसन ९सीबीएफले० रंगभेद विरुद्धको आफ्नो विचार स्पष्ट पारेको छ ।

खेलअघि ब्राजिलले रंगभेद विरुद्धको ब्यानरसमेत बोकेको थियो । सीबीएफका अध्यक्ष एड्नाल्डो रोड्रिग्वेजले मैदानभित्र वा बाहिर यस्तो व्यवहार सैह्य नहुने बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ११ : ४२ बजे